Logo

अफगान महिला विद्यार्थीले निकाले र्‍याली



काठमाडौँ, १६ असोज । एक सयभन्दा बढी अफगान महिला विद्यार्थीले आइतवार पश्चिमी शहर हेरातमा र्‍याली निकालेका छन् ।

परीक्षाको तयारीमा भइरहेको एक कक्षाकोठामा आत्मघाती बम विष्फोटको विरोध गर्दै सो र्‍याली निकालेका थिए ।

सयौँ विद्यार्थीले विश्वविद्यालय भर्नाको लागि परीक्षा प्रशिक्षण लिइरहेका अवस्था भएको सो विस्फोटमा परी ३५ जना मारिनुका साथै अन्य ८२ जना घाइते भएका थिए ।

आइतवार, एक सयभन्दा बढी महिला धेरैजसो हजारा मुसलमान समूदायका व्यक्तिले हेरात आक्रमणको विरुद्धमा जुलुस निकालेका थिए । यो आक्रमण हालैका वर्षमा अल्पसंख्यकमाथि हमला सबैभन्दा घातकमध्ये एक भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्