Logo

अफताब आलमको शव रौतहट पुर्‍याइयो



रौतहट, २२ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट पुर्‍याइएको छ ।

काठमाडौंको केएमसी अस्पतालमा लामो समयदेखि उपचाररत रहेका आलमको शनिबार बिहान निधन भएको हो । उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि गृहजिल्ला रौतहटको क्षेत्र न .२ राजपुर फरहदवामा ल्याइएको छ ।

उच्च रक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघिदेखि अस्पतालमा भर्ना गरिएको थियो ।

काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारका क्रममा आलमको शनिबार बिहान निधन भएको नेपाली कांग्रेस रौतहटले जनाएको छ । आलमको पैत्रिक गाउँमा पार्थिव शरीर आइपुगेको छ भने गाउँले शोकमा छन् ।

उनको निधनको खबरसँगै गाउँमा शुभचिन्तकहरुको भीड लागेको छ भने पुरै क्षेत्र शोकमा डुबेको छ । उनको आजै मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।

आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक हुन् । राजिक अहिले राजपुर नगरपालिकाका नगरप्रमुख छन् ।

प्रतिक्रिया दिनुहोस्