Logo

अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै



काठमाडौँ, २९ पुस । काँग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको छ । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा जिल्ला अदालत रौतहट आज पेसी तोकेको हो ।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई लागेको छ ।

प्रतिक्रिया दिनुहोस्