Logo

अफ्रिकी देश बुर्किना फासोमा सैनिक ‘कू’: सङ्कटकाल लागू



बुर्किना, १५ असोज । अफ्रिकी देश बुर्किना फासोमा सेनाले ‘कू’ गरी सैन्य नेता पाउल-हेनरी दामिबाको सरकारलाई हटाएको छ।

सरकार विघटनसँगै सेनाले सङ्कटकाल लगाएको छ । सेनाका क्याप्टेन इब्राहिम ट्राओरेले राष्ट्रिय टेलिभिजनमा सम्बोधनमार्फत सत्ता हात लिएर सङ्कटकाल लगाएको घोषणा गरेको बीबीसीले जनाएको छ।

विभिन्न नाकाहरू पनि अनिश्चितकालका लागि बन्द गरिएको छ । त्यसैगरी सबै राजनीतिक दल र नागरिक समाजका गतिविधिलाई पूर्ण रूपमा बन्देज लगाइएको छ ।

दामिबाले यसअघि जनवरीमा पूर्व राष्ट्रपति रोच काबोरलाई अपदस्थ गरी सत्ता हातमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्