काठमाडौँ, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य देशको द्रुत विकास र आर्थिक रुपान्तरण रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताए ।
आत्मसम्मान, समृद्धि र एकता नै अबको एकमात्र सरकारको लक्ष्य रहेको उनको भनाइ छ । प्रधानमन्त्री देउवाले आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावले देश लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।
उनले चुनावलाई निष्पक्ष, स्वतन्त्र, भयरहीत वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।







