Logo

‘सडकमा थुप्रिएको सबै फोहर पाँच दिनभित्रमा उठिसक्छ’



काठमाडौँ, २१ साउन । काठमाडौँ महानगरपालिकाले सडकमा थुप्रिएको सबै फोहर पाँच दिनभित्रमा उठिसक्ने दाबी गरेको छ ।

एक हप्ता अघिसम्म दिनमा ६० देखि ८० टिप्पर फोहर सिसडोल पठाइरहेकोमा अस्ति बिहीबारदेखि भने दैनिक २ सय टिप्पर फोहर बोकेर सिसडोल गइरहेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।

मौसमले साथ दिएमा यसरी नै फोहर उठ्ने र अबको पाँच दिनमा उपत्यकाको सबै फोहर उठिसक्ने उनले दाबी गरे । महानगरपालिकाले सम्झौता अनुसारको काम नगरेको भन्दै भदौ १ गतेदेखि सिसडोलमा फोहर व्यवस्थापन गर्न नदिने सिसडोलवासीको भनाइ छ नि? भन्ने प्रश्नमा प्रवक्ता मानन्धरले महानगरपालिकामा आधिकारिक रुपमा यस्ता सूचना नआएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्