Logo

अबैध नदीजन्य सामग्री ढुवानी गर्ने तीन वटा ट्याक्टर प्रहरी नियन्त्रणमा



झापा, १३ भदौ । अवैध रूपमा नदीजन्य सामग्री ढुवानी गरिरहेका तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं.७ स्थित फुलमति र वडा नं १ को नेते खोलाबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन् गरी ढुवानी गरिरहेका ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

आइतवार साँझ ५ बजे अर्जुनधारा नगरपालिका वडा नं.७ स्थित फुलमति खोलाबाट मे.१ त.५९०६, मे.१ त.५२९२ नं.को ट्रयाक्टरहरु र वडा नं १ को नेते खोलाबाट में.१ त.४८४० नं.को ट्रयाक्टर गरी जम्मा तीन वटा ट्रयाक्टरहरुले अबैध रुपमा ढुङ्गा उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले फेला पारेको हो ।

सरकारले असार १ गतेबाट भदौ मसान्तसम्म खोला तथा नदीबाट नदीजन्य सामग्री उत्खनन् गर्न प्रतिबन्ध लगाएको भए पनि अर्जुनधारामा भने नदीजन्य पदार्थको उत्खनन् रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्