Logo

अब एक पटक समृद्धिको नेतृत्व गर्छु: प्रचण्ड



सोलुखुम्बु, ३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अब देशमा समृद्धिको नेतृत्व गर्ने दाबी गरेका छन् ।

सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा निर्मित भौतिक संरचनाहरूको आज सोमवार उद्घाटन गर्दै प्रचण्डले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेकाले अब देशमा समृद्धिको नेतृत्व गर्ने बताएका हुन् ।

संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकार सम्पन्न बनाउन आवश्यक ऐन बनाउन बाँकी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्