Logo

‘अब योजना बनाउँदा ऋण जनताको टाउकोमा बोकाउन हुँदैन’



काठमाडौँ, १३ चैत । अर्थमन्त्री जनार्दन शर्माले आयोजनाहरूले नै ऋण तिर्न सक्ने गरी लगानी योजना बनाउनुपर्ने बताएका छन् ।

आइतवार लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी विस्तृत सम्झौता पत्र (एमओयू) हस्ताक्षर कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री शर्माले भने, ‘अब हामीले योजना बनाउँदा ऋण जनताको टाउकोमा बोकाउन हुँदैन । आयोजनाले नै कमाएर ऋण तिर्न सक्ने खालको योजना बनाउनुपर्छ । जलविद्युतमा मात्रै नभएर अन्य पूर्वाधारका क्षेत्रमा लगानी भित्र्याउनुपर्ने आवश्यक छ ।’

मन्त्री शर्माले देशमा लगानी बढाउनका लागि ‘डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’ तयार गर्न लागेको पनि बताए । उनले यो फन्डमा निजी क्षेत्रको पनि सहभागिता हुनुपर्ने बताए । मन्त्री शर्माले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई जोड्न अहिले बनिरहेका अन्तर्राष्ट्रिय विमानस्थलहरूले देशको समग्र आवश्यकतालाई पूर्ति गर्न सक्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्