Logo

अभ्यास खेलमा नेपालले विनवार्डस भोलक्यानोजलाई ४९ रनले हरायो

नेपाललाई एक खेल अगावै सिरिज



काठमाडौँ, ४ जेठ । नेपालले विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको छ । दोस्रो टी-२० अभ्यास खेलमा नेपालले विनवार्डस भोलक्यानोजलाई ४९ रनले हराएको हो । योसँगै सिरिज नेपालले एक खेल अगावै जितेको छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

१ सय ८० रनको लक्ष्य पछ्याएको विनवार्ड्स १८.५ ओभरमा १३० रनमा अल आउट भयो। ओपनर तथा कप्तान किमानी मेलिउसले सर्वाधिक ५० रन बनाए । ओपनरले ७.४ ओभरमा कुनै विकेट नगुमाई ७३ रन बनाएको अवस्थाबाट नेपालले सानदार पुनरागमन गरेको थियो ।

नेपालका गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेलले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले १/१ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । अनिल कुमार साहले २७ बलमा सर्वाधिक ५० रन बनाए । रोहित पौडेलले ३३ बलमा  ४१ रन बनाए । कुशल भुर्तेल ३८,  दीपेन्द्र २६ रनमा आउट भए ।

तेस्रो खेल शनिबार हुनेछ । आईसीसी टी-२० विश्वकप तयारीको लागि नेपाल एक महिना अघि नै वेष्टइण्डिज पुगेको हो । वेष्टइण्डिजमा तीन खेलपछि नेपाल अमेरिका जाने छ । त्यसपछि १ जुनदेखि विश्वकप सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्