Logo

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग लगाउन सिफारिस



अमेरिका, ५ पुस । अमेरिकी कङ्ग्रेसको एक समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ ।

झण्डै दुई वर्षअघि अमेरिकाको संसद् रहेको क्यापिटल हिलमा भएको दङ्गाको छानबिन गरिरहेको समितिले ट्रम्पलाई फौजदारी अभियोग सामना गर्नुपर्ने सिफारिस गरेको हो ।

डेमोक्र्याटिक नेतृत्वको समितिले न्याय मन्त्रालयलाई ट्रम्पमाथि अभियोजनसहित सिफारिस गर्न सर्वसम्मत रूपले मतदान गरेको बीबीसीले जनाएको छ ।

पूर्व राष्ट्रपति ट्रम्पका समर्थकहरूले सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा अवरोधसहित जो बाइडेनलाई राष्ट्रपति प्रमाणित गर्ने प्रक्रियामा बाधा पुर्याएका थिए । तर ट्रम्पले एक विज्ञप्तिमार्फत् आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्