अमेरिका, ६ साउन । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ ।
ह्वाइहाउसका प्रवक्ता केराइन जीन पयरेले राष्ट्रपति बाइडेनलाई सङ्क्रमण भएको जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ ।
राष्ट्रपति बाइडेन निवासमै आइसोलेशनमा रहेको र सामान्य औषधिको प्रयोग गरिरहेको पनि खबरमा उल्लेख छ ।
७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाका सामान्य लक्षण देखिएका छन् । उनले निवासबाटै काम गर्ने प्रवक्ता पयरेले बताएका छन् ।