Logo

युक्रेनमा लामो दुरीका क्षेप्यात्रमार्फत आक्रमण बढाउने पुटिनको चेतावनी



रुस, २२ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब युक्रेनमा लामो दुरीका क्षेप्यात्रमार्फत आक्रमण बढाउने चेतावनी दिएका छन् ।

अमेरिका र युरोपेली देशले युक्रेनलाई लामो दुरीमा मार हान्न सक्ने हतियार प्रदान गरेर युद्धलाई लम्ब्याउने र रुसलाई उत्तेजित बनाउने काम गरेको भन्दै राष्ट्रपति पुटिनले अब थप आधुनिक हतियारका साथ नयाँ लक्ष्यमा प्रहार गर्ने चेतावनी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

एक रुसी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनले युक्रेनलाई थप हतियार आपूर्ति गरेमा मस्कोले उपयुक्त हतियारको परिचालन गर्ने बताएका छन् ।

पुटिनले भनेका छन्, ‘किएभलाई त्यस्ता क्षेप्यास्त्रहरू उपलब्ध गराइयो भने हामीले उपयुक्त निष्कर्ष निकाल्नेछौँ र हाम्रा हतियारहरू प्रयोग गर्नेछौँ, हामीले पहिले प्रहार नगरेका लक्ष्यहरूमा प्रहार गर्न बाध्य हुनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्