Logo

अमेरिकामा बाढी र वर्षाका कारण २५ जनाको मृत्यु



अमेरिका, १४ साउन । अमेरिकाको केन्टकी प्रान्तमा बाढी र वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

गएको तीन दिनदेखि निरन्तर परिरहेको वर्षाका कारण ठूलो बाढी आएको र अहिले सम्म २५ जनाको शव भेटिएको केन्टकीका गभर्नर एन्डी बेशियरलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ ।

गभर्नर बेशियरले बाढीमा हराएकाहरुको खोजी भइरहेकोले ज्यान गुमाउनेको संख्या अभै बढ्न सक्ने बताए । ठूलो वर्षा र बाढीको कारण केन्टकी प्रान्तका २५ हजार भन्दा धेरै घरहरुमा बिजुली सेवा बन्द भएको छ ।

घरहरु डुबेपछि मानिसहरु छतमा बसेर उद्धार टोलीलाई पर्खिरहेका छन् । उद्धारमा खटिएको नेश्नल गार्डले पाँच वटा हेलिकोप्टर र सय भन्दा धेरै डुङ्गा परिचालन गरी खोजी तथा उद्धारको काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्