Logo

अमेरिकाको क्यालिफोर्नियामा आँधी: १७ जनाको मृत्यु



अमेरिका, २८ पुस । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको मृत्यु भएको छ ।

गएको मङ्गलवारदेखि सुरु आँधीमा ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सहर क्यालिफोर्नियामा आँधीबाट ती नागरिकको ज्यान गएको र केही भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ । आँधीसँगैको वर्षाका कारण बाढी र पहिरो पनि आएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका मौसमसम्बन्धी अधिकारीहरुले आँधीका कारण केही वर्षयताकै ठूलो क्षति भएको जनाएका छन् । उनीहरुले सडक भत्किएका र यहाँका बिजुली तथा ग्यासका पाइपसम्बन्धी संरचनाहरुमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्