Logo

अमेरिकाको टेक्सासमा ५.७ म्यग्निच्युडको भूकम्प



न्युयोर्क , २ पुस । अमेरिकाको टेक्सासमा ५ दशमलब ७ म्यग्निच्युडको भूकम्प गएको छ।

भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ : ३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भूकम्प लगत्तै परकम्पन गएको थियो।

भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको जनाइएको छ। ‘टेक्सास राज्यको इतिहासमा यो चौथो शक्तिशाली भूकम्प हुनेछ’, राष्ट्रिय मौसम सेवाको मिडल्याण्ड कार्यालयले ट्वीट गर्‍यो। भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्