Logo

अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ११ जनाको ज्यान गयो



काठमाडौं, ३१ जेठ । दक्षिणी अमेरिकी राज्य टेक्सासमा अत्यधिक वर्षापछि आएको बाढीका कारण कम्तिमा ११ जनाको ज्यान गएको छ । धेरै व्यक्तिहरू बेपत्ता भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ । सान एन्टोनियो फायर विभागले पीडितहरूको खोजी गरिरहेको जनाइएको छ ।

टेक्सासको सान एन्टोनियो शहरमा वर्षापछि सडकहरूमा बाढी आउदाँ गाडीको आवागमन समेत प्रभावित भएको छ । सान एन्टोनियो मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा लेख्दै बाढी प्रभावितको उद्धार र अनुसन्धान भइरहेको बताउनुभएको छ ।

वैज्ञानिकहरूले लामो समयदेखि जीवाश्म ईन्धन उत्सर्जनद्वारा सञ्चालित जलवायु परिवर्तनले उच्च वर्षा जस्ता चरम मौसम घटनाहरूको सम्भावना बढाइरहेको चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्