Logo

अमेरिकाद्वारा २८ नेपालीलाई देश निकाला



अमेरिका, १९ पुस । अमेरिकाले सन् २०२२ मा २८ जना नेपालीहरुलाई देश निकाला गरेर नेपाल पठाइएको छ ।​

गत अप्रिलको पहिलो साता अमेरिकाबाट एकै पटक ७ जना नेपालीलाई देश निकाला गरेर चार्टड विमानबाट काठमाडौँ लगेर छाडिएको थियो । ​देश निकाला गरिएका सातै जनालाई बिना भिसा अमेरिका आएको आधारमा देश निकाला गरिएको थियो । उनीहरु दलाललाई लाखौं रकम बुझाएर बिना भिसा अमेरिकी सीमा क्षेत्रमा पुगेका थिए ।

तर अमेरिकाबाट २०२२ मा नेपाली देश निकाला भएको यो पहिलो घटना भने होइन । आर्थिक वर्ष २०२२ मा मात्र अमेरिकाबाट विभिन्न समयमा २८ जना नेपालीलाई देश निकाला गरेर नेपाल पठाइएको अमेरिकी अध्यागमन विभागले जनाएको छ । यो २०२१ को तुलनामा बढी हो ।

यो संख्यामा अमेरिकी अध्यागमन अदालत (आइस) बाट देश निकालाको आदेश पाएर स्वेच्छिक रुपमा अमेरिका छाड्नेहरूको संख्या समावेश छैन । यो आइसको हिरासतमा बसेर आइसकै खर्चमा अमेरिकाबाट देश निकाला हुनेको विवरण हो ।

२०२१ मा २३ जना नेपालीहरुलाई अमेरिकाबाट देश निकाला गरेर नेपाल पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्