Logo

अमेरिकाबाट फेरि ३५ नेपाली ‘डिपोर्ट’



काठमाडौं, ४ मंसिर । अमेरिकाले निष्कासन (डिपोर्ट) गरेका ३५ जना नेपाली काठमाडौँ आइपुगेका छन् । अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार ३५ नेपाली काठमाडौँ आइपुगेका हुन् ।

अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार अमेरिकाले देश निकाला गर्दै आएको छ । यसअघि पनि धेरै नेपाली निष्कासन भइसकेका छन् ।

हिजो काठमाडौँ आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको थियो । ब्युरोले सामान्य सोधपुछ गरी उनीहरूलाई छाडिसकेको एसएसपी कृष्ण पंगेनीले बताए ।

अवैध रुपमा अमेरिका पुगेर निष्कासनमा परेका नेपालीले आफू अन्यायमा परेको भनेर उजुरी गरेमात्रै प्रहरीले थप अनुसन्धान गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्