Logo

अमेरिकामा अत्यधिक गर्मी: ११ करोड ३० लाख नागरिक प्रभावित



अमेरिका, ३१ असार । अमेरिकामा अत्यधिक गर्मी बढेको छ । दक्षिण-पश्चिमी क्षेत्रमा तातो हावा लू चल्ने चेतावनी दिइएको छ ।

गर्मीका कारण झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित भएका बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्निया र वासिङ्टन डीसी गर्मीको बढी चपेटामा परेका खबरमा उल्लेख छ ।

क्यालिफोर्नियाको डेथ भ्यालीमा तापक्रम ५४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । यो ठाउँ विश्वको सबैभन्दा तातो ठाउँमध्ये एक हो ।

यस्तै, एरिजोना, टेक्सास, फ्लोरिडालगायत क्षेत्रमा पनि गर्मी बढेको छ । गर्मीबाट जोगिन मानिसहरुले घरमा एसीको अत्यधिक प्रयोग गरेकाले टेक्सास राज्यमा ऊर्जाको खपतमा नयाँ कीर्तिमान कायम भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्