Logo

अमेरिकामा एक दशकपछि पहिलो पोलियोको बिरामी भेटियो



अमेरिका, ७ साउन । अमेरिकाले झन्डै एक दशकपछि पहिलो पटक पोलियोको बिरामी भेटिएको पुष्टि गरेको छ ।

न्युयोर्कको स्वास्थ्य विभागले रकल्यान्ड काउन्टीमा बस्ने एक व्यक्तिमा यो रोग भेटिएको परीक्षणपछि पुष्टि गरेको हो ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकाले सन् २०१३ मा अन्तिम पटक पोलियोको बिरामी भेटिएको थियो । मुखबाट दिइने पोलियो खोप (ओपीभी) लिएका व्यक्तिबाट पछिल्लो सङ्क्रमण सरेको भेटिएको स्वास्थ्य अधिकारीले बताएका छन् । तर, सन् २००० मा संयुक्त राज्य अमेरिकामा पोलियोका लागि मुखबाट दिइने खोप बन्द गरिएको थियो ।

न्युयोर्कको स्वास्थ्य विभागले खोप नलगाएका मानिसलाई पोलियो खोपको मात्रा लिन आग्रह गरेको छ । पोलियोलाई उन्मूलन गर्न विश्वव्यापी प्रयास हुँदै आएको छ । पोलियो घातक भाइरल रोग मानिन्छ । जसले मुख्यगरी पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ ।

प्रतिक्रिया दिनुहोस्