Logo

अमेरिकामा गोली चल्दा तीन जना फुटबल खेलाडीको मृत्यु



अमेरिका, २९ कात्तिक । अमेरिकामा गोली चल्दा तीन जना फुटबल खेलाडीको मृत्यु भएको छ ।

युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो ।

ज्यान गुमाउनेमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् । घटनामा अरु दुई जना घाइते भएका बीबीसीले जनाएको छ ।

गोली चलाएको आरोपमा एक जना पक्राउ परेका र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्