
अमेरिका, ११ जेष्ठ । अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको मृत्यु भएको छ ।
एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १४ जना विद्यार्थी मारिएका टेक्सस राज्यका गभर्नर ग्रेग याबटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गोली चलाउने १८ वर्षका युवकको पनि ज्यान गएको छ ।







