अमेरिका, २३ पुस । अमेरिकाको तल्लो सदन, हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन पार्टीका केभिन मेकार्थी निर्वाचित भएका छन् ।
सभामुख न्यान्सी पेलोसीले राजीनामा दिएपछि रिक्त पदका लागि भएको चुनावमा पन्ध्रौँ पटकको मतदानबाट मेकार्थी निर्वाचित भएका हुन् ।
अमेरिकामा सभामुख चयनको लागि पछिल्लो १ सय ५० वर्षयता यस्तो गतिरोध नदेखिएको बीबीसीले जनाएको छ ।
रिपब्लिकन दलको एउटा सानो समूहले यसअघिको निरन्तर प्रयासलाई विफल बनाइ दिएका थिए । विपक्षमा रहेका ६ जना रिपब्लिकन सांसदले अडान छाडेपछि चुनाव सम्पन्न भएको हो ।
यसअघि शुक्रवार भएको चुनावमा एक मत नपुग्दा मेकार्थीको पक्षमा बहुमत पुगेको थिएन ।







