अमेरिका, १९ जेठ । आइसिसी पुरूष क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको नेपालले अमेरिकामा आज पहिलो अभ्यास खेल खेल्दै छ ।
नेपालले अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अमेरिकामा रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग राति ९:१५ मा प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले शनिबार ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ । १० दिनअघि अमेरिका पुगेको नेपालले सिरिजको तयारीका क्रममा २ अभ्यास खेल खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।