Logo

अमेरिकामा बन्दुकधारीको आक्रमणमा चार जनाको मृत्यु



अमेरिका, १९ जेठ । अमेरिकाको ओक्लाहोमामा एक जनाले गोली चलाउँदा चार जनाको ज्यान गएको छ।

ओक्लाहोमाको मेडिकल भवनमा एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । आक्रमणकारीको पनि आफ्नै गोली लागेर मृत्यु भएको छ ।

ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । ती व्यक्तिको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।

डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो । अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले पीडितहरू कर्मचारी र बिरामी दुवै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्