Logo

अमेरिकामा शक्तिशाली तुफान, १५ सय हवाई उडान रद्द



काठमाडौं, २३ असोज । अमेरिकाको फ्लोरिडा क्षेत्रमा शक्तिशाली तुफान आएको छ । मिल्टन नाम दिइएको तुफानले उक्त क्षेत्रमा ठूलो त्रास फैलिएको छ ।

तुफानको केन्द्र टाम्पा खाडीबाट १ हजार ३१० किलोमिटर पश्चिम–दक्षिणपश्चिममा रहेको बताइएको छ । यो तुफान १३० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको बीबीसीले जनाएको छ ।

तुफान फ्लोरिडास्थित टाम्पा क्षेत्रतर्फ अगाडि बढ्दा थप शक्तिशाली बनेको छ ।

यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको स्थानीयले बताएका छन् । फ्लोरिडामा आपतकाल घोषणा गर्न राष्ट्रपति कार्यालयले अनुमति दिइसकेको छ ।

शताब्दीकै शक्तिशाली तुफान भएको हुनसक्ने अनुमान बताइएको बीबीसीले जनाएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय गरी १ हजार ५०० हवाई उडान रद्द गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । उनले जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्