अमेरिका, ९ पुस । अमेरिकामा शीतकालीन हिमआँधीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । जनजीवन अस्तव्यस्त भएको छ ।
हिमआँधीका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् । १५ लाखभन्दा धेरै मानिस विद्युत् विहीन हुनुका साथै हजारौँ उडान रद्द भएका बीबीसीले जनाएको छ । साउथ डकोटामा हिउँमा परेका केहीले इन्धन सकिएपछि निक्कै समस्या भोगेका छन् ।
क्यानडा, ओन्टारियो र क्युबेक आँधीको चपेटामा परेका छन् । वायुमण्डलीय चाप घट्दा उत्पन्न चक्रवातले अमेरिका-क्यानडा सीमाका ठूला लेकहरूमा हिमपात भएको छ । विशाल आँधी टेक्सासदेखि मेनसम्म २ हजार माइल फैलिएको त्यहाँको राष्ट्रिय मौसम सेवा विभागले जनाएको छ ।







