अमेरिका, २ जेठ । अठार वर्षीय बन्दुकधारीले युवकले गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् ।
गोली लागेर दुई प्रहरी अधिकारीहरूसहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले उल्लेख गरेको छ ।
गोली हान्ने ती युवकलाई प्रहरीले गोली हानी मारेको छ । अल जजीराका अनुसार न्यु मेक्सिकोको फार्मिङ्टनको आवासीय क्षेत्रमा सोमबार गोली हानाहान गर्ने किशोर बन्दुकधारीले दुई प्रहरीसहित धेरै व्यक्ति घाइते भएको प्रहरीले बताएको छ ।
सो घटनाबाट अन्य थुप्रै नागरिक पीडित भएको फार्मिंग्टन प्रहरीले फेसबुकमार्फत जानकारी दिदै एक जना संदिग्धलाई घटनास्थलमै गोली हानी मारेको बताएको छ ।







