अस्ट्रेलिया, २१ साउन । चार पटकको च्याम्पियन अमेरिकालाई पेनाल्टी शुटआउटमा हराउँदै स्विडेन फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
आइतवार अस्ट्रेलियाको मेलबर्न स्टेडियममा भएको खेलमा अमेरिकालाई पेनाल्टी शुटआउटमा ५-४ गोलले हराउँदै स्विडेन क्वाटरफाइनलमा पुगेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो । थपिएको समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।