अमेरिका, २२ माघ । अमेरिकाले आफ्नो देशको महत्त्वपूर्ण सैनिक क्षेत्रहरूको जासुसी गरेको आरोप लगाएको एउटा ठूलो चिनियाँ बेलुनलाई खसालेको छ ।
अमेरिकी रक्षा मन्त्रालयले लडाकु विमान प्रयोग गरी समुद्री क्षेत्रमा बेलुन खसालेको जनाएको छ ।
राष्ट्रपति जो बाइडेनले बेलुन खसाल्न अनुमति दिएका थिए । साउथ क्यारोलिनाको तटीय क्षेत्र पार गरेको चिनियाँ बेलुनलाई गोली हानेर खसाल्ने पाइलटहरूलाई राष्ट्रपति बाइडेनले बधाई दिएका छन् ।
यसअघि चीनले मौसम अवलोकनका लागि छाडिएको बेलुन बाटो बिराएर पुगेको जनाएको थियो । अमेरिकाले बेलुन खसालेकोमा चीनले असन्तुष्टि जनाएको बीबीसीले जनाएको छ ।







