Logo

अमेरिकाविरुद्धको अभ्यास खेलमा नेपाल विजयी



काठमाडौं, २७ पुष । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघि भएको अभ्यास खेलमा नेपालले अमेरिकाविरुद्ध चार विकेटको जित दर्ता गरेको छ । आइतबार मूलपानी क्रिकेट मैदान (माथिल्लो) प्रस्तुत अमेरिकाले गरेको १ सय ५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका लागि सम्झना खड्काले ४९, पुजा महतोले अविजित ४३, काजल श्रेष्ठले २८, कविता जोशीले १२ र विन्दु रावलले १० रन बनाए । अमेरिकाका लागि तारा नोरिस र लेखा सेट्टीले दुई–दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ५७ रनको योगफल तयार पारेको थियो । अमेरिकाका लागि इला क्लारिजले ३९, पुजागणेशले २२, कप्तान अदितिबा चुडासमाले १९, तारा नोरिसले अविजित १८, ऋतु सिंह र दिशा धिङ्ग्राले १४–१४ तथा गार्गी भोगले १० रन बनाए ।

नेपालका लागि मनिषा उपाध्यायले दुई तथा रचना चौधरी, कविता जोशी, रिया शर्मा र कविता कुँवरले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्