चीन, २१ साउन । चीनले अमेरिकासँगका केही महत्त्वपूर्ण सहकार्य स्थगित गर्ने घोषणा गरेको छ ।
चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता, अपराध, लागुऔषध तथा गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको हो ।
जलवायु परिवर्तनसहितका मुख्य विषयमा बेइजिङले सहकार्य स्थगित गर्ने घोषणा गरेसँगै ताइवानलाई लिएर चीन र अमेरिकाबीचको विवाद थप गहिरिएको छ ।