Logo

अमेरिकासँगको तेस्रो टी–२० क्रिकेटमा नेपाल टस हारेर बलिङ गर्दै



काठमाण्डौ, ५ कात्तिक ।  अमेरिकासँगको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस हारेको छ । डालासमा घरेलु टोली अमेरिकाका कप्तान मोनन्क पटेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङको निम्तो पाएको हो ।

तेस्रो ओभरको खेल सकीदा नेपालले दोस्रो सफलता हात पारेको छ  । नेपालका रीजन ढकाल र सोमपाल कामीले १-१ वीकेट लीएका हुन् । अमेरीका ४ ओभरको समाप्तीमा २५ रन बनाएर खलीरहेको छ ।

नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितिसकेको छ । यो खेल पनि जितेमा नेपालले क्लिन स्वीप गर्ने छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो ।

टी–२० शृङ्खलापछि अब घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्