Logo

अमेरिकी अस्पतालमा तीन स्वास्थ्यकर्मीमाथि छुरा प्रहार



अमेरिका, २१ जेठ । अमेरिकाको क्यालिफोर्नियामा शुक्रवार एक व्यक्तिले ‘एनसिनो हस्पिटल मेडिकल सेन्टर’ अस्पतालको आकस्मिक कक्षमा पसी आक्रमण गर्दा तीन जना स्वास्थ्यकर्मी गम्भीर घाइते भएका छन् ।

लस एन्जलसको प्रहरी विभाग (एलएपीडी) का अधिकारी ड्रेक मेडिसनका अनुसार आक्रमणकारी अपराह्न ४ बज्नुभन्दा केही मिनेटअघि सान फर्नान्डो भ्यालीस्थित ‘एनसिनो हस्पिटल मेडिकल सेन्टर’मा पुगेका थिए ।

प्रहरी अधिकारीले आक्रमणकारीले तीन जना चिकित्साकर्मीमाथि छुरा प्रहार गरे र एक घण्टासम्म अस्पतालभित्रै घुमिरहे । एम्बुलेन्स विभागका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका तीनै जनालाई ट्रमा सेन्टरमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्