Logo

अमेरिकी उपमन्त्री नुल्यान्ड र प्रधानमन्त्री दाहालबीच भेटवार्ता



काठमाडौँ, १६ माघ । अमेरिकाको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

दुई दिने नेपाल भ्रमणमा आएकी नुल्यान्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेकी हुन् ।

उनीहरुबीच दुई पक्षीय साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्