Logo

अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपालमा



काठमाडौँ, २ फागुन । मित्रराष्ट्र अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल आएकी छन् । उपसहायक विदेशमन्त्री अख्तर नेपालमा रहँदा जलवायु परिवर्तनसम्बन्धी अध्ययन गर्ने संस्थासँग विशेष छलफल गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

साथै उनले नेपाली सेना, सरकारी उच्च अधिकारीसँग भेटवार्ता पनि गर्ने कार्यक्रकम रहेको छ । यी छलफलमा जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपत् प्रतिकार्यका विषयका साथै लोकतन्त्र, मानव अधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने विषयमा कुराकानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्