अमेरिका, १ वैशाख । अमेरिकी गोप्य दस्तावेजहरूको चुहावटलाई लिएर २१ वर्षीय अमेरिकी एअर फोर्स न्याश्नल गार्ड सदस्य पक्राउ परेका छन् ।
ज्याक टेइसेइरा उक्त दस्तावेजहरू चुहिएको अनलाइन गेमिङ समूहको नेता भएको बताइएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार उनलाई जासुसी सम्बन्धी कानुनका आधारमा अभियोग चलाइनेछ जसले गोप्य रक्षा सूचना चुहाउनुलाई अपराधका रूपमा हेर्छ । ती दस्तावेजहरूमा युक्रेन युद्ध र अन्य देशहरूबारेका संवेदनशील गोप्य सूचना पाइन्छ ।
भिडिओहरूमा उनलाई बोस्टनभन्दा दक्षिणतर्फ पर्ने झण्डै ८,००० मानिसहरू बस्ने डाइटन नगरस्थित आफ्नो घरबाट प्रहरीले पक्राउ गरेको देखिन्छ ।
पक्राउको फुटेजमा टेइसेइरा ठानिएका व्यक्तिलाई हत्कडी लगाएर गाडीमा राखिनुअघि उनले एफबीआईसामु हात उठाएको देख्न सकिन्छ । उनलाई पक्राउ गरिँदा प्रहरीले त्यस क्षेत्रका सडकमा यातायात अवरोध गरेको थियो ।