Logo

अमेरिकी ट्रेजरी विभागको सिस्टम ह्याक, चीन प्रायोजित ह्याकर संलग्न रहेको आरोप



 काठमाडौं, १६ पुस । चिनियाँ सरकार प्रायोजित ह्याकरले अमेरिकी ट्रेजरी विभागको प्रणाली ह्याक गरेको एक अमेरिकी अधिकारीले बताएका छन्। संसद्लाई ह्याकिङबारे एक पत्रमार्फत जानकारी गराउँदै ट्रेजरी विभागले उक्त ‘ब्रिच’लाई ‘प्रमुख घटना’ भनेको छ।

साे ह्याकिङको असरको विषयमा एफबिआईसहित अन्य निकायहरूले अनुसन्धान गरिरहेको बताइएको छ। यद्यपि, वासिङ्टनस्थित चिनियाँ दूतावासका एक प्रवक्ताले उक्त आरोपको कुनै तथ्यपरक आधार नभएको प्रतिक्रिया दिएका बिबिसीले उल्लेख गरेको छ।

चीनमा अवस्थित ह्याकरले ‘बियोन्ड ट्रस्ट’ नामक ‘थर्ड पार्टी सर्भिस प्रोभाइडर’को ‘की’मार्फत सेक्युरिटी ओभरराइड गरेको ट्रेजरी विभागले लेखेको पत्रमा उल्लेख छ।

बियोन्ड ट्रस्टले उक्त ह्याकिङको विषयमा डिसेम्बर ८ मा विभागलाई सचेत गराएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्