Logo

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा बेलारूसी विपक्षी नेता सिखानुस्कायासँग वार्ता



वाशिंगटन , १३ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार एयर फोर्स वनमा बेलारूसी विपक्षी नेता स्विटलाना सिखानुस्कायासँग वार्ता गर्दै मानव अधिकारको रक्षा र सम्वर्धनमा बेलारूसी जनताको पक्षमा रहेको बताएका छन् ।

“राष्ट्रपति जोसेफ आर. बाइडेन जुनियरले बेलारुसका प्रजातान्त्रिक विपक्षी नेतासँग एयर फोर्स वनमा  कुरा गरे । उनले आज राति वार्सामा आफ्नो सम्बोधनमा उपस्थित भएकोमा उनीलाई धन्यवाद समेत दिए। राष्ट्रपतिले बेलारूसी जनताको पक्षमा संयुक्त राज्य अमेरिकाको निरन्तर समर्थनलाई जोड दिएका छन् ।

अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष निर्वाचन लगायत मानव अधिकारको रक्षा र प्रवर्द्धनमा अमेरिकाले निरन्तर सहयोग गर्ने “ह्वाइट हाउसको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्