युक्रेन, ८ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुगेका छन् ।
रुसको आक्रमणपछि पहिलो पटक युक्रेन पुगेका बाइडेनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका बीबीसीले जनाएको छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा बाइडेनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै बाइडेनको यात्रा सम्पूर्ण युक्रेनीहरूका लागि एक अत्यन्त महत्त्वपूर्ण सङ्केत भएको उल्लेख गरेका छन् ।
जेलेन्स्कीसँगको भेटपछि बाइडेनले युक्रेनलाई अमेरिकी समर्थन निरन्तर उपलब्ध गराइने बताएको बीबीसीले जनाएको छ ।