Logo

अमेरिकी राष्ट्रपति वाइडनले दिए तेस्रो विश्व युद्ध हुनसक्ने चेतावनी



काठमाडौँ, २८ फागुन । अमेरिकी राष्ट्रपति जो वाइडनले रुसले नाटो देशमा आक्रमण गरे तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका छन् । राष्ट्रपति वाइडनले नाटो देशमा आक्रमण भए त्यो सिधै तेस्रो विश्व युद्धमा रुपान्तरण हुने बताएका छन् । उनले रुसले युक्रेनमा जैविक तथा रासायनिक हतियार प्रयोग गरे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने बताए ।

रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले अमेरिकाले युक्रेनमा जैविक तथा रासायनिक हतियार उत्पादन गरिरहेको आरोप लगाउँदै आएका छन् । रुसले आग्रहमा शुक्रबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा शुक्रबार जैविक हतियार सम्बन्धी छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी राष्ट्रपति पुटिनले परमाणु हतियार तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । पुटिनले युक्रेन मामिलामा अन्य देशले आक्रमण गरे परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् । रुस र अमेरिकाको चेतावनीले तेस्रो विश्व युद्धको खतरा कायम रहेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्