ताइवान, १८ साउन । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन-ताइवान तथा चीन-अमेरिकाबीच तनाव बढेको छ ।
चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेको अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ ।
चिनियाँ उप-विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको नियत खराब रहेको र यसमा चीन चुप नबस्ने चेतावनी दिएको बीबीसीले जनाएको छ । पेलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी छन् ।
चीनले यो भ्रमणविरुद्ध यसअघि पनि चेतावनी दिएको थियो । चीनको परराष्ट्र मन्त्रालयले पेलोसीको भ्रमणप्रति आपत्ति जनाउँदै यो भ्रमणले एक चीन नीतिको गम्भीर रुपमा उल्लंघन भएको जनाएको छ ।