Logo

अमेरिकी सहायक विदेशमन्त्री लुले भेटे प्रधानमन्त्री देउवालाई



काठमाडौँ, १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री लुसँग दुई देशबीचको मैत्रीपूर्ण र सहयोगी सम्बन्धका बारेमा विचार आदानप्रदान भएको प्रधानमन्त्री देउवाले ट्विट गर्दै जानकारी दिएका हुन् ।

प्रधानमन्त्री देउवाले अमेरिकाको निरन्तर विकास सहयोगका लागि धन्यवाद दिँदै उच्च स्तरको आर्थिक संलग्नताको अपेक्षा गरेको बताएका छन् ।

यसअघि, अमेरिकी सहायक विदेशमन्त्री लुले परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्