Logo

अमेरीकाले सन्दीपलाई फेरि दिएन भिसा



काठमाडौं , १७ जेठ । अमेरीकाले सन्दीप लामिछानेलाई भिसा दिन फेरी अस्विकार गरेको छ । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ ।

टी-२० विश्वकप क्रिकेट खेल्न लामिछानेले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।

टी-२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ, जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ ।

२ जेठमा उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि नेपाल क्रिकेट संघ ९क्यान०ले सन्दीपको निलम्बन फुकुवा गरेको थियो र उनलाई विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्