Logo

अयोग्य लडाकुलाई रकम बाँड्ने निर्णय गलत: अध्यक्ष नेपाल



जनकपुरधाम, १५ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अयोग्य लडाकुलाई दुई/दुई लाख दिने सरकारको निर्णयको विरोध गरेका छन् ।

शुक्रबार जनकपुरधाममा समाजवादी पत्रकार संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले देशमा आर्थिक संकटका बीच प्रचण्ड नेतृत्वको सरकारले आफ्नै नेतृत्वको जनयुद्वका अयोग्य लडाकुहरू रकम दिनु गलत रहेको बताएका हुन् ।

अध्यक्ष नेपालले यस्तो आर्थिक अवस्थामा यो निर्णय भर्खरै गरिएको हो भने गलत रहेको पनि बताए । आफूलाई यसबारे धेरै कुरा थाहा नरहेको बताउँदै उनले यो निर्णय पहिलाकै हो कि नयाँ हो? भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले यो विषयमा स्पष्ट पार्नुपर्ने समेत जिकिर गरेका थिए ।

उनले अब ७० लागेका नेताहरू आराम गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । उनले स्वयम् आफू लगायत त्यस्ता सम्पूर्ण नेताहरूलाई पुस्तान्तरणका लागि तयार हुन पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्