काठमाडौँ, २६ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा भइरहेको पहिचान पक्षधहरूको अराजक गतिविधिलाई छुट दिन नसक्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले पहिचान पक्षधहरूले कोशी प्रदेशको नामकरणको विरोधमा भइरहेका आक्रमणलाई छुट दिन नसक्ने बताएका हुन् ।
‘संविधान र कानुनलाई आफ्नो हातमा लिने, उदण्ड गतिविधि गर्ने, व्यक्ति नेता, सांसद वा अरूको सुरक्षामा थ्रेड दिनेलाई सरकारले छुट दिन सक्दैन। यस्ता गतिविधिलाई सरकारले कुनै प्रकारले छुट दिन सक्दैन। सरकार वा राजनीतिक पार्टीहरूले पनि संयमतापूर्वक कुनै पनि गतिविधिका कारणले यस प्रकारको अराजक, उदण्ड वा गैरकानुनी कामहरूलाई प्रोत्साहन पुग्ने काम नहोस भनेर सरकार समेत सचेत भएर सावधानी पूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता छ। संविधान र लोकतन्त्र सम्बत ढंगले प्रदेशसभाले गरेको निर्णय सबैले कार्यान्वयन गर्नैपर्छ। तर, हामीले वार्ता, संवादबाट यस्ता समस्या समाधान गर्नुपर्छ,’ उनले भने ।
गृहमन्त्री श्रेष्ठले लामो संघर्ष र बलिदानीबाट आएको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि आक्रमण गर्नेहरूलाई बल पुग्ने गरीका काम नगर्न पहिचान पक्षधहरूलाई आग्रह गरेका छन् ।







