Logo

अरिङ्गालले टोकेर एक जनाको मृत्यु



सांकेतिक तस्बिर

तनहुँ, २८ साउन । तनहुँको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् ।

सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए । उनको गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

अरिङ्गालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्