Logo

अरिङ्गालले टोकेर एक जनाको मृत्यु



सांकेतिक तस्बिर

मकवानपुर, २७ असोज । मकवानपुरमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका-६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले चिलेर सख्त बनाएकामा उपचारका क्रममा आज बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्