काठमाडौँ, १८ भदौ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने दुई जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ मा रहेको राधेराधे ट्रायल सेन्टरबाट टुकुसिंह तामाङ र राजकुमार श्रीमललाई पक्राउ गरेको हो ।
सिन्धुलीको दुधौली नगरपालिका-१४ घर भएका मनिषप्रसाद सेढाईको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २१ वर्षीय टुकुसिंह तामाङ पक्राउ परेका हुन् ।
यस्तै गोरखाको भीमसेनस्थान गाउँपालिका घर भएका ओमहरि ताम्राकारको नाममा ट्रायल दिँदै गर्दा सोही ठाउँका २२ वर्षीय राजकुमार श्रीमललाई प्रहरीले पक्राउ गरेको हो ।
गत साउन १९ गते देखी हालसम्म ६ नक्कली परिक्षार्थीलाई नियन्त्रणमा लिई कारवाहीको लागी सम्बन्धित प्रहरी कार्यालयमा पठाएको ट्राफिक प्रहरीले जनाएको छ ।






